गठबन्धनलाई ओलीको सुझाव- एमालेसँग लड्ने भए ‘पञ्चेगुट’ एकताबद्ध भएर आऊ – Nepal Press

गठबन्धनलाई ओलीको सुझाव- एमालेसँग लड्ने भए ‘पञ्चेगुट’ एकताबद्ध भएर आऊ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय सत्तारुढ गठबन्धनलाई ‘पञ्चेगुट’को संज्ञा दिएका छन् । एमालेसँग लड्ने भए एकताबद्ध भएर आउन उनले गठबन्धनलाई सुझाव दिए ।

काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्द ओलीले भने, ‘यत्तिकै लिरिखिरी पाराले एमालेसँग लड्न सक्दैनौं । मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने धाक लगाउने ?’

अरु पार्टी सबै मिल्दा एमालेको कम्मर कम्मर आउने उनले बताए ।

‘एमालेविरुद्ध के-के न गरेउँ भन्छन् । एमालेलाई खुब नोक्सान पारेउँ भन्छन् । तर, सबै मिल्दा पनि कति छन् ? हाम्रो कम्मर-कम्मर आइपुग्छन् । त्यत्ति न हो ।’

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टी र अध्यक्ष माधव नेपाललाई उनले कटु व्यंग्य गरे ।

‘फुटेको एउटा टुक्रो एकीकृत पार्टी रे,’ ओलीले भने, ‘पदाधिकारी पनि भर्न मान्छे नभएर खाली छोडेका छन् । ’

नेपाललाई लक्षित गर्दै उनले थपे, ‘यसो टिभीमा हेरेको अध्यक्ष माधव नेपालभन्दा (हाउभाउसहित) गमक्क परेर मुस्कुराउँदा रहेछन् ।’


प्रतिक्रिया

One thought on “गठबन्धनलाई ओलीको सुझाव- एमालेसँग लड्ने भए ‘पञ्चेगुट’ एकताबद्ध भएर आऊ

Leave a Reply to T.B.Limbu Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर