नेपाल एक चीन नीतिप्रति सधैं उभिनेछ : राष्ट्रपति भण्डारी – Nepal Press

नेपाल एक चीन नीतिप्रति सधैं उभिनेछ : राष्ट्रपति भण्डारी

चिनियाँ राष्ट्रपति सीको बायोग्राफी पुस्तक लोकार्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सँधै उभिने बताएकी छिन् । शीतल निवासमा चिनियाँ राष्ट्रपति ‘सी चिनफिङ : चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिमा उभिने बताएकी हुन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पारिन् । शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दे राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको समझदारीलाई थप सघन पार्नुपर्ने आवश्यक रहेको बताइन् ।

‘विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाई सबैको पहुँच सुनिश्चित गर्ने महामहिम सीको मानवतावादी प्रतिवद्धताबाट नेपाल लगायत विश्वका धेरै देशहरू लाभान्वित भएका छन्’ राष्ट्रपतिले भनिन् ।

कार्यक्रम नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीन बीच परापूर्वकालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको बताइन् । उनले भूगोल र प्रकृतिले हामीलाई एक अर्कासँग निकट बनाएका उल्लेख गर्दे हाम्रा दुई देशलाई महान बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर