दसैँको लागि अग्रिम टिकट बुकिङ ११ गतेदेखि खुल्ने, अनलाइनबाट पनि टिकट काट्न सकिने – Nepal Press

दसैँको लागि अग्रिम टिकट बुकिङ ११ गतेदेखि खुल्ने, अनलाइनबाट पनि टिकट काट्न सकिने

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ ।

यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउदै आएका थिए ।

भोलि (शुक्रवार) सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमती भएपनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि स्पष्ट पारे । महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।

महासचिव सिटौलाले भने, ‘विभिन्न ठाउँमा विभिन्न ढंगबाट छलफल भएका छन्, ग्रामीण सडकहरु बिग्रिएका छौँ, सडक विभागलाई फास्ट ट्रयाकमा ग्राभेल गरेर खाल्डोहरु पुर्ने काम दुर्घटना न्यूनिकरण हुन्छ र यात्रुहरुले पनि सहजता पाउँछन्, बाटोमा पनि कसैले अवरोध नगरी सरासर आउने वयवस्था हुनुपर्छ, अधिकांश प्रदेशहरुले भाडा समायोजन गरेको छ, वागमती लगायत केही प्रदेशमा भाडा समायोजनको काम बाँकी छ, यो प हामी चाँडै टुंगो लगाउनुपर्छ भनेर यातायात व्यवस्था विभाग मार्फत् भनेका छौँ,नागरिक सहायता कक्षहरु सञ्चालनमा ल्याइएको छ, भने सबै प्रदेश र जिल्लाहरुमा पनि राख्ने छलफल भएको छ । बाटो अवरुद्ध भएर गाडी आउन सकेन भने त्यसको जवाफदेही हामी हुनेछैनौँ, असोजको ११ गतेबाट अग्रिम टिकटको शुरुवात हुन्छ, त्यहाँबाट ठाउँँ, यात्रुको चापको परिस्थिती हेरेर क्रमशः अघि बढ्छौँ ।’

महासंघका महासचिब सिटौलाले नागरिक साहायत कक्षहरु राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए।

उनले अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको शुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर