नेपाली यात्रुका लागि जापान खुला, राजदूत याकुताले दिए परराष्ट्रमन्त्री खड्कालाई बधाइ – Nepal Press

नेपाली यात्रुका लागि जापान खुला, राजदूत याकुताले दिए परराष्ट्रमन्त्री खड्कालाई बधाइ

काठमाडौं । जापानले नेपाली यात्रुलाई देश प्रवेश खुला गरेको छ । काठमाडौंस्थित जापानी दूतावासले आज विज्ञप्ति जारी गर्दै गत १७ सेप्टेम्बरदेखि नै नेपाली यात्रुलाई देश प्रवेश खुला गरिएको जनाएको हो ।

राजदूत किकुता याकुताले आज नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाइ दिँदै जापान खुला गरिएको जनाएका हुन् । ‘जापान नेपालीका लागि पुनः खुला गरिएको छ र यसले नागरिक तहको सम्बन्ध आदानप्रदानमा सघाउ पुग्नेछ’ विज्ञप्तिमा उल्लेख छ ।

राजदूत याकुताले परराष्ट्रमन्त्री खड्कासँग मिलेर काम गर्न इच्छुक रहेको समेत जनाएको छ । जापानले १६ लाख डोज कोभिड अस्ट्राजेनेको खोप उपलब्ध गराएको स्मरण गर्दै राजदूत महामारीविरुद्ध आफू नेपालसँगै रहेको समेत जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर