झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम करिब ८ अर्ब – Nepal Press

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम करिब ८ अर्ब

काठमाडौं । नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । आज २।७० अंकले बढ्दै आज २८१९।६६ विन्दुमा पुगेको छ । साता कारोबारको अन्तिम दिन आज बजार खेलेसँगै उच्च अंकले बढ्दै ६२ अंकको वृद्धि भएको छ ।

आज १ करोड ५७ लाख १४ हजार २६६ कित्ताको कारोबारमा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सानिमा बैंकको सबैभन्दा धेरै ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज पनि मनकामना लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । आज बैंक र फाइनान्स समूहबाहेक सबैको उपसूचक रातो भएको छ ।

आज सबैभन्दा धेरै बैंकका लगानीकर्ताले कमाएका छन् भने होटल तथा टुरिजमका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर