पर्यटन क्षेत्रमा ‘ग्रिन सिग्नल’: अब विदेशी पर्यटकले क्वारेन्टिन बस्नु नपर्ने – Nepal Press

पर्यटन क्षेत्रमा ‘ग्रिन सिग्नल’: अब विदेशी पर्यटकले क्वारेन्टिन बस्नु नपर्ने

अनएराइभल भिषा पनि सहज

काठमाडौं । कोरोना संक्रमण दर कम भएसँगै सरकारले विदेशी पर्यटक आगमनका लागि बाटो खुला गरेको छ ।

सरकारले अब विदेशबाट आएका पर्यटक क्वारिन्टनमा बस्नु नपर्ने र अनएराइभल भिषा पनि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

निर्णयसँगै विदेशबाट आउने पर्यटकले नेपाल प्रवेशका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सडकमार्गबाट प्रवेश गरेका पर्यटकलाई नाकामा नै भिषा उपलब्ध  गराउने छ ।

यसअघि नेपाल आउने विदेशी पर्यटक अनिवार्य क्वारेन्टिमा बस्नुपर्ने नियम थियो । जसकारण नेपालमा विदेशी पर्यटक आगमन ठप्प थियो ।

नेपाल आउने पर्यटकले कोरोनाविरुद्धको खोप भने अनिवार्य लगाएको उनुपर्ने प्रवक्ता अधिकारीको भनाइ छ । पर्यटकले नेपाल प्रवेश गर्नु ७२ घण्टाअघि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य पेस गर्नु पर्नेछ ।

क्वारेन्टिनमा बस्नु नपर्ने र अनएराइभल भिषा सहज गर्नका लागि २२ वटा पर्यटन व्यवासयी संघसंस्थाले संयुक्त रुपमा सरकारसमक्ष लबिङ गरेका थिए । साथै पर्यटन बोर्डले पनि यसबारे प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय तथा सीसीएमसीसँग बारम्बार छलफल गरेको थियो ।

पर्यटन बोर्डका निर्देशक मनी लामिछानेले सरकारले निर्णय गरेको सुनेको तर आधिकारिक जानकारी नभएको बताए ।

युरोपलगायत अन्य मुलुकले पर्यटकका लागि खुला गर्दै गएकाले नेपालमा पनि कोरोनाविरुद्धको भ्याक्सिन ४० लाखले लगाइसकेको र लगाउने क्रम जारी रहेकाले पर्यटकको आगमन सहज गराए पर्यटक आउने थाल्ने बताउँछन्, नेपाल होटल एसोसिएसनका महासचिव साजन शाक्य । हानले क्वारिन्टन हटाउनु पर्ने, अनएराइभल भिषा सहज गर्नु पर्ने, नेपाललाई रेड जोनबाट हटाउन पहल गर्नुपर्ने तथा भारतसँगको बोर्डर खोल्नु पर्नेलगायतका माग सरकारसमक्ष राखेको थियो ।

गत वर्ष नेपालमा कोभिडका बिरामी बढेसँगै विदेशी पर्यटक नेपाल घुम्न आएमा ७ दिन क्वारिन्टाइन बस्नुपर्ने नियम बनाएको थियो ।

विदेशी पर्यटक भित्राउन सरकारको निणर्यमा भर पर्ने भएकाले पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर अहिले विभिन्न प्याकेजहरु ल्याइरहेका छन् ।

दशै विदा र दशैंपछिका दिनलाई लक्षित गर्दै पोखरा, सौरहा, नगरकोटलगायतका होटलले सौलियत प्याकेज ल्याएको हानका महासचिव शाक्यले जानकारी दिए । यसैगरी वुद्ध एयरलाइन्सले पनि भर्खरै एकजनाको टिकटमा अर्कोलाई फ्रि दिएको छ । १० हजारमा २ जनाले माउन्टेन फ्लाइट गर्न पाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर