‘माग्ने बुढा’को संवादमा हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रसारण सुरु – Nepal Press

‘माग्ने बुढा’को संवादमा हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रसारण सुरु

काठमाडौं । डिजिटल प्लेटफर्ममा लघु फिल्म, हाँस्य सिरियल, सर्ट फिल्म लगायतकोे निर्माण ह्वात्तै बढेको छ । युट्युबमा दर्शकको आकर्षण बढेपछि कमेडी सिरियलको निर्माणमा पनि निर्माताको ध्यान गएको छ । यसबीच, हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रशारण सुरु भएको छ । यो सिरियलको पहिलो भाग बुधबार आमा अग्नीकुमारी मिडिया नामक युट्युब च्यानलबाट प्रशारण भएकोे छ । अब, हरेक साताको बुधबार बेलुकी यो सिरियलको प्रशारण हुने निर्माता नहकुल भट्टराइले जानकारी दिए ।

दिलिप तामाङ् ‘हुरहुर’को निर्देशनमा तयार भएको यो सिरियललाई गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको हो । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को संवाद रहेको सिरियलमा दिलिपको नै कथा छ । सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सेना हुन् । राहुल राइले छायांकन गरेको सिरियलको पहिलो भागमा टीकटक एपको क्रेजसँगै यसको राम्रा र नराम्रा दुबै पाटोलाई देखाउन खोजिएको छ ।

सिरियलमा जयनन्द लामा, भुइसाल लामा, दिलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बाल–कलाकार सोहन थापाको अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *