क्रिकेटर विनोद भण्डारीको खेल पत्रकार सोनिकासँग इन्गेजमेन्ट दशैंमा बिहे (तस्बिरहरु)


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनिका अर्यालसँग इन्गेजमेन्ट गरेका छन् । उनीहरु केही समयदेखि प्रेममा थिए ।
आज काठमाडौंमा सानो समारोहबीच उनीहरुले औंठी साटेका हुन् । कार्यक्रममा दुवैतर्फका परिवारका सदस्यहरु मात्रै सहभागी थिए । उनीहरुको बिवाह दशैंको टिकाको दिन गर्ने तय भएको छ ।
निकटस्थहरुका अनुसार विनोद र सोनिकाले ४-५ वर्षदेखि डेट गरिरहेका थिए । हाल ग्यालेक्सी फोके टिभीमा आवद्ध सोनिका प्रतिभाशाली खेल पत्रकार हुन् । क्रिकेटको रिपोर्टिङका क्रममा विनोदसँग उनको चिनजान भएको थियो । ३१ वर्षिय कञ्चनपुरका हुन् भने सोनिका गोर्खाकी हुन् ।
विनोद हिजो मात्रै नेपालको ओमान टुर सकेर फर्केका थिए । ब्याट्सम्यान र विकेटकिपरको भूमिकामा रहेका उनी नेपालका अनुभवी क्रिकेटमा पर्छन् ।