एनआरएन चुनाबमा कूल आचार्यको टीमलाई कांग्रेसको समर्थन – Nepal Press

एनआरएन चुनाबमा कूल आचार्यको टीमलाई कांग्रेसको समर्थन

काठमाडौं । नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा कूल आचार्यलाई समर्थन गर्ने भएको छ । आज राजधानीमा बसेको कांग्रेस पदाधिकारी बैठकले आचार्यलाई समर्थन जनाउने अनौपचारिक निर्णय गरेको हो ।

बैठकमा कांग्रेसको जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईले एनआरएन चुनावको विषय प्रवेश गराएका थिए । कांग्रेस निकट वर्तमान उपाध्यक्ष रविना थापाले पनि महाधिवेशनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी थिइन् ।

प्रवासस्थित भातृ संगठनको समेत समर्थन रहेका कूल आचार्यको उम्मेदवारीलाई कांग्रेसले समर्थन जनाएको हो । अघिल्लो चुनावमा पनि कांग्रेसले आचार्यको उम्मेदवारीलाई समर्थन जनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *