बुटवल उपमहानगरले दिने भयो पहिरोपीडितलाई घरबहाल खर्च – Nepal Press

बुटवल उपमहानगरले दिने भयो पहिरोपीडितलाई घरबहाल खर्च

रूपन्देही । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएका पीडितलाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ ।  उपमहानगरपालिकाले पीडितलाई राहतस्वरुप घरबहाल खर्च दिन लागेको हो ।

हालैको अविरल वर्षापछि आएको पहिरो र बाढीले घर भत्किएका र उच्च जोखिमले घरमा बस्नै नमिल्ने अवस्था उत्पन्न भएर विद्यालयहरुमा आश्रय लिन बाध्य भएका पीडितहरुलाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरुप रकम उपलव्ध गराउने भएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका प्रमुख सुवेदीको अध्यक्षतामा बुटवलमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रमा उपमहानगरले गरिरहेका निरन्तरका विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनस्थापनाका कामलाई सहकार्यमा थप प्रभावकारी बनाउनेसमेत निर्णय गरेको छ ।

पहिरो र बाढीले पूर्ण रुपमा घर–आवास क्षति भएर विद्यालयहरुमा आश्रय लिइ बसेका र अन्यत्र कुनै घर बसोबास नभएका पीडित परिवारका लागि वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा विद्यालयबाट स्थानान्तरण गरी अन्यत्र बहालमा बस्नका लागि तत्काललाई बहाल खर्च सहयोग गर्ने निर्णय भएको प्रमुख सुवेदीले बताए ।

विस्थापितहरुका लागि पुनःस्थापना गर्न सम्बन्धित वडाबाट पीडितको माग निवेदनसहित विवरण संकलन गरी जिल्ला विपद ब्यवस्थापन समिति मार्फत प्रकृया अगाडि बढाइने भएको छ ।

क्षतिको विवरणसहित जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा संरक्षण र तटबन्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *