फोनबाट धम्क्याएर वडाध्यक्षको कार्यकक्षमा आगजनी – Nepal Press

फोनबाट धम्क्याएर वडाध्यक्षको कार्यकक्षमा आगजनी

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१ वडा कार्यालयस्थित वडाअध्यक्षको कार्यकक्षमा आगजनी गरिएको छ । आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको वडाअध्यक्ष गंगाराम सुनारले बताए ।

‘वीरेन्द्रनगर वडा नं. १ वांगेशिमल बस्ने २५ वर्षको वास्तान लामिछानेले मलाई कार्यालयको फोन नम्बरबाट आज बिहान १० बजेर ४ मिनेटमा फोन गरेर २ मिनेटमा कार्यालय आइपुग्न धम्की दिएका थिए ‘, वडाअध्यक्ष सुनारले भने, ‘आफू शुभ होटलमा एक कार्यक्रममा रहेको र केही समय लाग्ने हतार भए कागज लिएर आउन भन्दा घाँटी चिलाएको छ कि भनेर धम्क्याए ।’

त्यसपछि कार्यालय सहयोगीसँग उनले पानी खाने भन्दै बोतल मागेर पेट्रोल ल्याई कार्यकक्षमा आगजनी गरेका हुन् । कर्मचारीहरूले रोक्न खोज्दा हातमा खुँडा देखार तर्साएको बताइएको छ ।

आगोले अध्यक्षको कार्यकक्षको सोफा सेट, टेबुल, कुर्सी जलेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक कनक शाहीले अहिले मुचुल्का तयार पारिरहेको भन्दै के कति क्षति भएको हो विवरण आउन केही समय लाग्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *