कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ – Nepal Press

कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ

झापा। झापाको दमक १ स्थितबाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा भद्रपुर-७ का ५१ बर्षीय युवराज न्यौपाने, भद्रपुर-९ का ४९ बर्षीय दिल बहादुर राई, भद्रपुर-१० का ५० वर्षीय ठाकुर प्रसाद निरौला, बिर्तामोड-१ का ४२ बर्षीय तिर्थ अधिकारी, कन्काई-३ का ३२ बर्षीय मोहन बराल र बर्ष ३२ कै सुनिल साह रहेका छन् ।

यसैगरी गौरादह-५ का ४५ वर्षीय हरि कोईराला, कमल गाँउपालिका-४ का ४७ बर्षीय सुबिन्द्र सुब्बा, दमक-७ का ४९ वर्षीय कर्ण राई, सोही स्थानका ४० वर्षीय राजन दाहाल र ३४ वर्षीय विनोद थेबे रहेका छन ।

यस्तै बेलबारी ११ का २१ वर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० वर्षीय बलराम बस्नेत,पथरी शनिश्चरे-१ का ४३ बर्षीय गंगाराम मगर, मोरङ ग्रामथान-४ का ५७ वर्षीय लक्ष्मी प्रसाद अधिकारी, ग्रामथान-५ का ४२ वर्षीय नैन कुमार चौधरी र ग्रामथान-६ का ४४ बर्षीय रुपेश तामाङ रहेका छन ।

दमक-१ स्थितमा बस्ने हिमाल देवानको घर कम्पाउण्डमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने बिशेष सुराकका आधारमा हिजो राती साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा यी १७ जनालाई पक्राउ गरेको हो ।

साथै प्रहरीले जुवाको खालबाट १६ थान कौडा र नगद ४ लाख २७ हजार ६ सय रुपैया समेत फेला पारी बरामद गरेको छ । जुवाको खालबाट पक्राउ परेकाहरु उपर जुवा ऐन मुद्दामा कानुनी कारबाही अगाडी बढाईने ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *