पारस खड्काले ईपीएल नखेल्ने – Nepal Press

पारस खड्काले ईपीएल नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण नखेल्ने भएका छन् । केहिसमय अगाडि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका खड्काले ईपीएलका यसअघिका संस्करण खेलेका थिए ।

ईपीएलको पहिलो, दोस्रो र तेस्रो सिजनमा विराटनगर वारियरर्सको कप्तानी गरेका पारसले आफ्नो नेतृत्वमा विराटनगरलाई दोस्रो संस्करणको च्याम्पियन बनाएका थिए । ईपीएलले मंगलबार सार्वजनिक गरेको सबै टोलीको सूचीमा उनको नाम समावेश छैन ।

पारसले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएपछि केहि समय विश्राम लिने बताएका थिए । पारसको अनुपस्थितिको कारण त्यो पनि हुन सक्छ । असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ ।

शनिबार हुने उद्घाटन खेलमा साबिक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किङ्ग्स-११ बीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर