नेपालको एएफसी महिला एसियन कप खेल्ने सपना अधुरै – Nepal Press

नेपालको एएफसी महिला एसियन कप खेल्ने सपना अधुरै

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको अन्तिम खेलमा हङकङसँग गोलरहित बराबरीमा रोकिएसँगै नेपालको प्रतियोगिता खेल्ने सम्भावना समाप्त भएको छ ।

भारतमा अर्को वर्ष हुने एएफसी महिला एसियन कप-२०२२ मा स्थान बनाउन आजको खेल जित्ने पर्ने दबाबमा रहेको नेपालले सन् १९९९ यता प्रतियोगितामा स्थान बनाउन सकेको छैन ।

उज्बेकिस्तानको ताश्केन्तमा शनिबार भएको समूह ‘एफ’को पहिलो खेलमा फिलिपिन्ससँग १-२ गोलको नतिजामा पराजित भएको थियो ।

तर, आजको खेलमा पराजित भएसँगै नेपाल छनोट चरणबाटै बाहिरिएको छ । समूह एफको अन्तिम खेलमा हङकङ र फिलिपिन्स भिड्ने छन् । सोही खेलको नतिजाले अर्को वर्ष भारतमा हुने प्रतियोगिता खेल्ने एक टोलीको टुङ्गो लगाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *