माधवको प्रतिवेदनमा समूहगत छलफल शुरू, संगठन विस्तार अभियान चलाइने – Nepal Press
नेकपा एस बैठक

माधवको प्रतिवेदनमा समूहगत छलफल शुरू, संगठन विस्तार अभियान चलाइने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल शुरू भएको छ ।

भोलिसम्म चल्ने बैठकबारे जानकारी गराउँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पाँच समूह बनाएर छलफल शुरु भएको बताए । भोलि समूहगत छलफलका निष्कर्ष बैठकमा सुनाइनेछ।

त्यस्तै बैठकले निर्वाचन आयोगमा सनाखतका बेला पठाएका ११६ जना बाहेक थपिएका केन्द्रीय सदस्यहरूको सपथ पनि भएको खतिवडाले जानकारी दिए ।

राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटीको विस्तार, कार्यविभाजन, आगामी कार्ययोजना, समसामयिक विषयलगायतका एजेन्डा तयार गरेर पारित गरेको पनि उनले जानकारी दिए।

खतिवडाले तीन महिने संगठन अभियान विस्तारको पनि प्रस्ताव गरिएको जानकारी दिए। उनका अनुसार तीन महिने अभियानमा देशका सबै जिल्ला, पालिका र वडाहरूमा कमिटी निर्माण गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर