आफूमाथि आक्रमण गर्नेलाई मुद्दा नचलाउन बुटबलका मेयरको अनुरोध – Nepal Press

आफूमाथि आक्रमण गर्नेलाई मुद्दा नचलाउन बुटबलका मेयरको अनुरोध

रुपन्देही । आफूलाई आक्रमण गर्न खोज्ने युवालाई कुनै मुद्दा नचलाउन बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले अनुरोध गरेका छन् ।

सोमबार बुटवल–३ ज्योतिनगर पहिरो प्रभावित क्षेत्र अवलोकनमा गएका सुवेदीमाथि स्थानीय गणेश पंगेनीले एक्कासी आक्रमणको प्रयास गरेका थिए ।

चौतर्फी दबाबपछि पक्राउ परेका पंगेनीलाई तत्काल छाड्नका लागि प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरिएको जानकारी गराए ।

सुवेदीले आफ्नो कसैप्रति आग्रह–पूर्वाग्रह नभएको जनाउँदै विपद्मा परेका नागरिकमा आउने आक्रोशलाई स्वाभाविक मानेको बताए । उपमहानगरले बाढी, पहिरो तथा विपद्मा परेका नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्दो पहल जारी राख्ने बताउँदै उनले सो कुरा उल्लेख गरेका छन् ।

तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने आवश्यक अनुसन्धान अघि बढ्ने जनाएको छ ।


प्रतिक्रिया

One thought on “आफूमाथि आक्रमण गर्नेलाई मुद्दा नचलाउन बुटबलका मेयरको अनुरोध

  1. ज्योतिनगर, बुटवलका एमाले कार्यकर्ता गणेश पंगेनीले बुटवल उपमहानगरका मेयर एवं एमाले रूपन्देहीका अध्यक्ष शिबराज सुवेदीलाई मुक्का हानेका छन्। पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर मुक्का हानेको बयान उनले दिएका छन्। यो आलोच्य हर्कत त हुँदै हो। सोचनीय चाहिँ के हो भने अध्यक्ष केपी ओलीले एमाले बाहेक कसैले बिकासको नेतृत्व गर्न नसक्ने बताइरहदा- एकातिर, मानिसहरूमा एमाले बिकास मोडलको छाप कस्तो परिरहेको छ र अर्कोतिर, अरुप्रति उद्दण्ड हुन सिकाइएका कार्यकर्ता कसरी आफ्नै लागिपनि प्रतिकुल हुनसक्छन् भन्ने पाठ यस घटनाले दिएको छ। सिक्नु नसिक्नु त सुवेदीज्यू र ओलीज्यूकै कुरा !!! तर सुवेदीले सिकेकै हुन् त?

Leave a Reply to हरि Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर