पूर्वाञ्चल फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दीपाश्री निरौला नियुक्त – Nepal Press

पूर्वाञ्चल फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दीपाश्री निरौला नियुक्त

काठमाडौं । पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा निर्देशक एवं अभिनेत्री दीपाश्री निरौला नियुक्त भएकी छिन् । इटहरीमा भएको कार्यक्रममा निरौलालाई अध्यक्षमा नियुक्त गरिएको हो ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईलाई इन्स्टिच्युटको संरक्षकको रूपमा राखिएको छ । इन्स्टिच्युटको सल्लाहकार समितिको संयोजकमा फिल्मकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानलाई चयन गरिएको छ ।

संघका महासचिव तथा अभिनेता दिनेश कोइराला र महासंघ उपाध्यक्ष प्रकाश सुब्बालाई पनि सल्लाहकार समितिमा चयन गरिएको जनाइएको छ । ‘अध्यक्षमा नियूक्त हुन पाउँदा हर्षित छु’ निरौलाले नेपाल प्रेसलाई भनिन् । उक्त कार्यक्रमको मुख्य अतिथिको रुपमा अभिनेता तथा निर्माता दीपकराज गिरी पनि सहभागि थिए । उनले अध्यक्षसहितको सल्लाहकार समूहलाई बधाई दिएका छन् ।

‘पहिले हामीले परेर सिकेका थियौं तर अहिले पढेर सिक्ने मात्रै प्रतिस्पर्धी बजारमा उत्तिर्ण हुनसक्छन्’ दीपकले भने । अहिले छोटा फिल्म निर्माणमा इन्स्टिच्युट सक्रिय छ । जसले गर्दा त्यहाँ पढ्ने विद्यार्थीले कलालाई उपभोग गर्ने अवसर पाएका छन् ।

नृत्य कक्षा समेत सञ्चालन गरिरहेको उक्त इन्स्टिच्युटमा फिल्म निर्माणसँगै निर्देशन, पटकथा लेखन, छायांकन, अभिनय र सम्पादन लगायतका विषय पढ्न पाउने भएका छन् । फिल्म मेकिङ सँगै डिरेक्सन, स्क्रिप्ट राईटिङ, सिनेमाटोग्राफी, अभिनय, एडिटिङ लगायतका कोर्सहरू पढाई हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर