उतारचढाबबीच करिब १४ अंकले बढ्यो नेप्से – Nepal Press

उतारचढाबबीच करिब १४ अंकले बढ्यो नेप्से

काठमाडौं । कारोबारको दोस्रो दिन नेप्से परिसूचक दिन दोहोरो अंकले बढेको छ । केही दिनदेखि लगातार घटिरहेको नेप्से आज भने १३.८३ अंकले बढ्दै २७१२.०७ विन्दुमा रोकिएको हो ।

हिजो ११४ अंकले घट्न पुगेको थियो । आज बजार खुलेदेखि नै नेप्से परिसूचकले दिनभर उतारचढाब बोहोर्‍यो । बजार खुलेसँगै घट्न थालेको नेप्से ३० मिनेटको कारोबारमा ८४ अंकको गिरावट आएको थियो ।

१ करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर किनबेचमा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ रूपैयाँबराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

व्यापार, फाइनान्स, उत्पादन तथा म्यूचल फण्ड बाहेकका सबै उपसमूहमा आज हरियाली छाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *