एमी अवार्ड रेडकार्पेटमा चम्किए विश्व स्टारहरु, नेटफिल्क्स सिरिज ‘द क्राउन’ सर्वोत्कृष्ट (तस्बिरहरु) – Nepal Press
एमी अवार्ड रेडकार्पेटमा चम्किए विश्व स्टारहरु, नेटफिल्क्स सिरिज ‘द क्राउन’ सर्वोत्कृष्ट (तस्बिरहरु)
नेपाल प्रेस २०७८ असोज ५ गते १५:२९
२०७८ असोज ५ गते १५:२९

न्यूयोर्क । कारोना महामारीका कारण गतवर्ष स्थगित भएको एमी अवार्ड २०२१ यसवर्ष भौतिकरुपमै सम्पन्न भएको छ । अवार्डको ७३ औ संस्करण गएराति अमेरिकाको लस एन्जलल्समा खुलारुपमा भएको थियो जहाँ दर्शक र सेलेव्रिटी सहभागि रहे । एमीलाई विश्व टेलिभिजनकै सर्वोच्च अवार्ड मानिन्छ ।

कोरोनाविरुद्धको खोप लगाएका दर्शकलाई प्रवेशको अनुमति दिइएको उक्त अवार्डमा नेटफिल्क्स सिरिज ‘द क्राउन’ सर्वोेत्कृष्ट ड्रामा सिरिज घोषित भयो । यो सोले बेस्ट ड्रामा सिरिज, बेस्ट एक्टर, बेस्ट सर्पोटिङ एक्टरको अवार्ड पनि प्राप्त गरेको छ ।

यसका साथै यही सिरिजले सर्वोकृष्ट निर्देशकको अवार्ड समेत हासिल गरेको छ । यस ड्रामा सिरिजबाट ओलिविया कोलम्यान र ओकनरले उत्कृष्ट अभिनेत्री र सर्वश्रेष्ठ अभिनेताको उपाधि पाएका छन् ।

यस वर्ष ‘टेड लास्सो’ कमेडि रियालीटी सोे १३ विधामा मनोनयन भएको थियो । यो सोले बेस्ट कमेडी सिरीजको अवार्ड समेत हासिल गर्‍यो । हन्ना वाडिंगमले यसबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् । एमीलाई विश्व टेलिभिजन क्षेत्रकै सर्वोच्च अवार्ड मानिन्छ ।

एमी अवार्ड रेडकार्पेट यसको फेसनको कारणले पनि चर्चित मानिन्छ । यसपटक लस एन्जल्स र लन्डनको फेसन पर्सपेक्टिभ एमीमा देखिएको द भग म्यागजिनले जनाएको छ । द क्राउन सिरिजका कलाकारहरु रेडकार्पेटमा प्रस्तुत भएका थिए ।