प्रचण्ड निवासमा बैठकपछि अखिल क्रान्तिकारीको सम्मेलन सर्‍यो – Nepal Press

प्रचण्ड निवासमा बैठकपछि अखिल क्रान्तिकारीको सम्मेलन सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन एक साता पर सरेको छ ।

असोज ९, ९ र १० मा हुने भनिएको सम्मेलन तयारी नपुगेका कारण सरेको क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले बताए । अब सम्मेलन असोज १४, १५ र १६ गते हुने भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा खुमलटारमा बसेको कार्यालय टिमको बैठकले सो निर्णय गरेको हो । बैठकमा इन्चार्ज हितमान शाक्य पनि उपस्थित थिए ।

क्रान्तिकारीका जिल्ला सम्मेलनहरु अहिले धमाधम सम्पन्न हुँदैछन् । नेकपा एकतापछि अखिल पनि एकीकृत भएकाले यसबीचमा सम्मेलन हुन सकेको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर