सेलेब्रिटी डिप्लोम्याटको रुपमा राष्ट्रसंघीय महासभालाई पपब्यान्ड बीटीएसको सम्बोधन – Nepal Press

सेलेब्रिटी डिप्लोम्याटको रुपमा राष्ट्रसंघीय महासभालाई पपब्यान्ड बीटीएसको सम्बोधन

न्यूयोर्क । विश्वचर्चित दक्षिण कोरियाली पपब्यान्ड बीटीएसले आज राष्ट्रसंघीय महासभामा आफ्नो प्रस्तुति दिएको छ । दिगो विकास लक्ष्यका बारेमा बीटीएस ब्यान्डका सदस्यहरुले बोलेका थिए ।

दक्षिण कोरियाली राष्ट्रपतिसँगै बीटीएस टोलीले महासभाको मञ्च सेयर गरेको थियो । महासभामा जानुअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले बीटीएसलाई भविष्यको पुस्ता र संस्कृतिको विशेष दूतको रुपमा नियूक्त गरेका थिए ।

राजधानी सियोलस्थित राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा बीटीएसका सबै सदस्यलाई कूटनीतिक पासपोर्ट प्रदान गरिएको थियो । महासभाको मंचमा बीटएसले दिगो विकास लक्ष्यलाई हासिल गर्न सबैजना एक हुनुपर्ने बताएको थियो ।

बीटीएस विश्वमा सबैभन्दा बढी हेरिने र सुनिने पप ब्यान्ड हो । यो ब्यान्डले दक्षिण कोरियाले सफ्टपावरको रुपमा उपयोग गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर