५० हजार धरौटीमा शिल्पाका पति राज कुन्द्रा रिहा – Nepal Press

५० हजार धरौटीमा शिल्पाका पति राज कुन्द्रा रिहा

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्रालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । पोर्न फिल्मको धन्दा गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

हिन्दूस्तान टाइम्सका अनुसार मेट्रोपोलिटन म्याजिस्ट्रेट कार्टले सोमबार कुन्द्र र उनका सूचना प्रविधि प्रमुख रिया थोर्पेलाई मात्र ५० हजार भारु धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

मुम्बइ प्रहरीले कुन्द्रालाई गत जुलाइमा पक्राउ गरेको थियो र उनीमाथि गत साता मात्रै १ हजार ४ सय ६७ पेजको चार्ज सिट दायर गरिएको थियो । कुन्द्राले आफूलाई साधारण धरौटीमा छोड्न अदालतमा अपिल गरेका थिए । आफुविरुद्ध प्रहरीसँग कुनै बलियो प्रमाण नभएको उनले दावी गरेका छन् ।

उनको तर्फबाट दायर अपिलमा भनिएको छ, स्वेच्छाले कथित भिडिओहरुमा अभिनय गरेको पनि कुन्दाको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *