फाइजरले भन्यो : ५ देखि ११ वर्षका बालबालिकामा खोप सुरक्षित – Nepal Press

फाइजरले भन्यो : ५ देखि ११ वर्षका बालबालिकामा खोप सुरक्षित

नेपालले किशोरकिशोरीलाई लगाउने तयारी गर्दैछ

काठमाडौं । कोभिड-१९ विरुद्धको अमेरिकी खोप फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा पनि खोप प्रभावकारी रहेको जनाएको छ ।

सो समूहका बालबालिकामा एन्टीबडी राम्रो बन्ने र कुनै खराब प्रतिक्रिया नरहेको पाइएको आफ्नो पछिल्लो परीक्षणले देखाएको फाइजरले जनाएको छ ।

नेपालले समेत १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाउने तयारी गरेको छ । यसका लागि नेपालले भुक्तानी समेत गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१२ वर्षभन्दा तलका बालबालिकामा खोप परीक्षण गर्दा सुरक्षित पाइएको उक्त कम्पनीले जनाएको छ ।

‘पछिल्लो केही समययता विश्वका लाखौं १२ वर्षभन्दा माथिका किशोर किशोरीले यो खोप लगाएका छन् । खासगरि डेल्टा भेरिएन्टले चुनौति थपेको बेला हामी अन्य उमेर समूहलाई पनि लगाउन सक्षम छौं’ फाइजरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फाइजरले यो परीक्षण ५ देखि ११ वर्ष उमेरका २२६८ जनामा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर