पहिराे अनुगमन गर्न गएका बुटवलका मेयर स्थानीयबाट कुटिए (भिडिओसहित) – Nepal Press

पहिराे अनुगमन गर्न गएका बुटवलका मेयर स्थानीयबाट कुटिए (भिडिओसहित)

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले कुटेका छन्।

केही दिनअघि वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै हात हालेका हुन् ।

आज सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का हानेका हुन्। अवलोकनमा गएका मेयर सुवेदीलाई स्थानीय गणेश पंगेनीले मुक्का हानेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *