पूर्ण खोप लगाएका हवाई यात्रुलाई मात्र सगरमाथा क्षेत्रमा यात्रा गराउन गाउँपालिकाको आग्रह – Nepal Press

पूर्ण खोप लगाएका हवाई यात्रुलाई मात्र सगरमाथा क्षेत्रमा यात्रा गराउन गाउँपालिकाको आग्रह

काठमाडौं । सोलुखुम्बुको सगरमाथा क्षेत्र भित्र उडान गर्ने हवाईजहाज तथा हेलिकप्टरले कोरोना भाइरस विरुद्धको पुर्ण मात्रामा खोप लगाएका यात्रुलाई मात्र गाउँपालिकाको यात्रा गराउन आग्रह गरेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिकामा यात्रा गर्ने सबै यात्रुले खोप लगाए नलगाएको रिपोर्ट हेरेर मात्रै हवाई यात्रा गराउन नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल, काठमार्डौं र नागरिक उड्डयन प्राधिकरण, तेन्जिङ हिलारी विमानस्थल, लुक्लालाई आग्रह गरेको हो ।

गाउँपालिका भित्र बसोबास गर्ने ९८ प्रतिशत नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाई सकेकाले विभिन्न कम्पनीको हवाईजहाज र हेलिकप्टरको माध्यमबाट खुम्बु पासाङल्हामु गाउँपालिका भित्र यात्रा गर्ने सबै यात्रुहरुले कोरोना भाइरस बिरुद्धको दोश्रो डोज खोप लगाएको र नलगएको भए पीसिआर परिक्षण गरेको रिपोर्टअनिवार्य रुपमा पेश गरे पछि मात्र यात्रा गराउन आग्रह गरेको प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर