क्लियरिङ हाउसको भुक्तानी समय बढाइयो – Nepal Press

क्लियरिङ हाउसको भुक्तानी समय बढाइयो

काठमाडौं । नेपाल क्लियरिङ हाउसको अन्तरबैंक भुक्तानी प्रणाली ‘एनसीएजएल आईपीएस’ प्रत्येक दिन ९ देखि ३ बजेसम्म भुक्तानी समय तोकिएको छ । बैंकिङ कारोबार, नेपाल सरकार, पुँजी बजार, अर्ध सरकारी संस्थाहरूलगायतका बढ्दो डिजिटल कारोबारको मागका कारण समय निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

आइतबारदेखि बिहिबारसम्म नेपाली मुद्रा र सोमबारदेखि बिहिबारसम्म वैदेशिक मुद्रामा प्राप्त भएका भुक्तानी आदेशहरू सोही दिनमा नै फर्च्छ्यौट हुने व्यवस्था गरिएको छ । यसअघि बिहान १० बजे देखि दिनको १ बजेभित्र प्राप्त भएका भुक्तानी फर्च्छ्यौटहरू मात्रै सोही दिन भुक्तानी गरिन्थ्यो ।

त्यसैगरी दिनको साढे ३ बजेसम्म प्राप्त बैंकको ट्रेजरी पेमेन्टसम्बन्धी भुक्तानी आदेश सोही दिन फर्च्छ्यौट हुने जनाइएको छ । कम्पनीका अनुसार शुक्रबार १२:३० बजेसम्म प्राप्त भुक्तानी आदेश पनि सोही दिनमा फर्च्छ्यौट गरिनेछ ।

एसीएजएलको भुक्तानी प्रणालीमार्फत तलब भत्ता, केन्द्रीय तथा स्थानीय सरकारी भुक्तानीहरू, सप्लायर्स/ पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर, डिभिडेण्डलगायतका भुक्तानी नगद वा चेकबिना सीधै खाताबाटै रकमान्तर गर्न सकिन्छ ।

यस प्रणालीमा ५९ बैंक वित्तिय संस्थाहरू आबद्ध छन् । यस प्रणाली मार्फत प्रति कारोबार २० करोड सम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी ३० करोड सम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी ५० करोडसम्म र सरकारी भुक्तानी २ अर्बसम्म गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर