एमाले नारावाजीबीच प्रतिस्थापन विधेयक पारितका लागि सभामुखले कारवाही बढाए (लाइभ) – Nepal Press
प्रतिनिधिसभा बैठक

एमाले नारावाजीबीच प्रतिस्थापन विधेयक पारितका लागि सभामुखले कारवाही बढाए (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक शुरू भएको छ ।

बैठक शुरू हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका छन् । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

आजको प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने र असोज १२ गतेभित्र राष्ट्रियसभाबाट पारित गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने सरकारको तयारी छ ।

सभामुखको विरोधमा एमालेले अवरोध जारी राखे पनि विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ । सभामुखले एमाले विरोधका बीच सदनको कारवाही अघि बढाएका छन् ।

विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरूमाथि सभामुखले छलफल शुरू गराएका छन् । संसदमा दर्ता भएका संशोधन प्रस्तावहरू र विनियोजन विधेयक निर्णयार्थ पेस गरिने कार्यसूचीमा उल्लेख छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर