भ्यालेन्सियामाथि रियल मड्रिडको उत्कृष्ट पुनरागमन जित – Nepal Press

भ्यालेन्सियामाथि रियल मड्रिडको उत्कृष्ट पुनरागमन जित

एजेन्सी । भिनिसियस जुनियर र करिम बेन्जेमाले खेलको अन्तिम चार मिनेटमा दुई गोल गरेपछि स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियामाथि २–१ गोलअन्तरको महत्वपूर्ण पुनरागमन जित हासिल गरेको छ । यो जितले रियललाई शीर्ष स्थानमा पुर्‍याएको छ ।

८६ औं मिनेटमा बेन्जेमाको पास उपयोग गरी भिनिसियसले गोललाइन नजिकैबाट गोल गरी खेल बराबरीमा ल्याएका थिए । त्यसको दुई मिनेटपछि भिनिसियसको त्यस्तै पासमा बेन्जेमाले विजयी गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी रहे पनि ६६ औं मिनेटमा ह्युगो डुरोको गोलमार्फत भ्यालेन्सियाले अग्रता बनाएको थियो ।

खेलमा भ्यालेन्सियाले अन्य केहि उत्कृष्ट अवसर गुमाउन पुग्यो । डेनी गाब्रियलको हेडर, म्याक्सी गोमेजको फ्रिकिक प्रहार रियलका गोलरक्षक थियावट कोर्टवाले रोकेका थिए ।

कार्लो एन्सेलोटीले टिम संहालेपछि रियल यो सिजन अपराजित छ । उसले लालिगाका पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ र एक खेलमा बराबरी गरेको छ । १३ अंकसहित रियल शीर्ष स्थानमा छ । भ्यालेन्सियाले ला लिगाको नयाँ सिजन पहिलो हार ब्यहोरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *