बुद्धभूमि हाइड्रोको आईपीओ असोज ११ देखि – Nepal Press

बुद्धभूमि हाइड्रोको आईपीओ असोज ११ देखि

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले असोज ११ बाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ८ लाख कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसैगरी, २ प्रतिशत १६ हजार कित्ता कर्मचारीका लागि छुट्याएको कम्पनीले जानकारी दिएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यो कम्पनीको आईपीओ निष्कासनका लागि इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । असोज ११ देखि १४ सम्मको निर्धारित समयमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म अवधि थपिने बताइएनो छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ १० देखि ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यसको निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर