एमालेनिकट अनेरास्ववियूको २३ औं महाधिवेशन चैत २२-२४ मा गर्ने निर्णय – Nepal Press

एमालेनिकट अनेरास्ववियूको २३ औं महाधिवेशन चैत २२-२४ मा गर्ने निर्णय

ललितपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको २३ औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालयको बैठकले चैत २२ देखि २४ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

पाँचवर्षदेखि अनेरास्ववियूको महाधिवेशन भएको छैन । अनेरास्ववियू केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, विद्यार्थी इन्चार्ज खिमलाल भट्टराई, अनेरास्ववियूका पूर्वअध्यक्ष माधव ढुंगेल लगायतले सम्बोधन गरेका छन् ।

यही बैठकबाट अनेरास्ववियू अध्यक्ष ऐन महर, उपाध्यक्ष रस्मी आचार्य, महेश बर्तौला र शैलेश लामा संगठनबाट बिदा भएका छन् ।


प्रतिक्रिया

One thought on “एमालेनिकट अनेरास्ववियूको २३ औं महाधिवेशन चैत २२-२४ मा गर्ने निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर