शनिबार उपत्यकामा २५६ जना संक्रमित थपिए, ललितपुरमा संक्रमित संख्या शून्य – Nepal Press

शनिबार उपत्यकामा २५६ जना संक्रमित थपिए, ललितपुरमा संक्रमित संख्या शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५६ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमा काठमाडौंमा २४३ जना र भक्तपुरमा १३ जना संक्रमित थपिँदा २४ घण्टामा ललितपुरमा नयाँ संक्रमित फेला परेका छैनन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा अहिलेसम्म ६ हजार ३५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमध्ये काठमाडौंमा ३५६१, भक्तपुरमा १०२५ र ललितपुरमा १७६९ जना सक्रिय संक्रमित छन्।

हालसम्म नेपालमा ११ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर