सभामुख सापकोटाको तर्क– संसदबाहेक कसैले पनि संसद विघटन गर्न नमिल्ने बनाउनु पर्छ – Nepal Press

सभामुख सापकोटाको तर्क– संसदबाहेक कसैले पनि संसद विघटन गर्न नमिल्ने बनाउनु पर्छ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रनिधिसभा विघटन स्वयं प्रतिनिधिसभाले मात्रै गर्नसक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार संविधान दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले भने– प्रतिनिधिसभाको विघटन प्रतिनिधसभाले मात्रै गर्न सक्नुपर्छ । त्यो भयो भने सबैभन्दा लोकतान्त्रिक, वैज्ञानिक र जनताको सार्वभौम अधिकारको सम्मान हुने छ।

प्रतिनिधिसभामा विघटनसम्बन्धी विधिवत् प्रस्ताव लगेर पारित भएपछि मात्रै विघटन हुने व्यवस्था गराउनुपर्ने उनको सुझाव छ। उनले भने, ‘विधिवत रुपमा प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने, यदि राष्ट्रको आवश्यकता नै त्यो हो भने, यदि जनताको चाहाना नै त्यो हो भने।’

सापकोटाले संविधान र संघीयता कार्यान्वयनका लागि कानून निर्माणका हिसाबले मूलभूतरुपमा संघीय संसद् ठीक बाटोमै अघि बढिरहेको दावी गरे।

संघीय ससद्को ओजलाई माथि उठाउन सबैले भीष्म प्रतीज्ञा र सङ्कल्प गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। ‘संविधान कार्यान्वयनमा दूरदर्शिता र प्रतिबद्धता पाटोमा कमजोरी छ,’ सापकोटाले भने, ‘कार्यसम्पादनमा देखिएका कमी कमजोरी सुधार, परिमार्जनका लागि कडा मिहिनेत र इमान्दार प्रयास आवश्यक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर