कर्मचारीको आधिकारिक ट्रेड युनियनबाट पुरानो टिम फिर्ता, नयाँ नेतृत्व सिफारिस (सूचीसहित) – Nepal Press

कर्मचारीको आधिकारिक ट्रेड युनियनबाट पुरानो टिम फिर्ता, नयाँ नेतृत्व सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनले आधिकारिक ट्रेड युनियनका पदाधिकारी र सदस्यहरुलाई फिर्ता बोलाएर नयाँ नेतृत्वको नाम सिफारिस गरेको छ ।

चार वर्षअघि भएको निर्वाचनमा अरु संगठनलाई पराजित गरेको निजामति कर्मचारी संगठनले अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित ११ जना प्रतिनिधि पठाएको थियो ।

तत्कालीन अध्यक्ष पुन्य ढकाल उपसचिवमा बढुवा भएपछि उपाध्यक्ष भोला पोखरेल आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्ष छन् । युनियनको निर्वाचन नहुँदा अहिलेसम्म सोही कार्यसमिति कायम छ ।

नेपाल निजामति कर्मचारी संगठनको शनिवार बसेको केन्द्रीय समिति बैठकले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा संगठनका अध्यक्ष केदार देवकोटालाई पठाउने निर्णय गरेको छ ।

संगठनको राष्ट्रिय भेलामा महासचिव रेवन्त गौतमले सो जानकारी दिएका हुन् । बैठकले संगठनले आधिकारिक ट्रेड युनियनमा पठाएका उपाध्यक्ष भोलानाथ पोखरेल, कोषाध्यक्ष सिन्धु पाण्डेसहितलाई फिर्ता बोलाउने निर्णय गरेको उनले बताए ।

अब आधिकारिक ट्रेड युनियनको अध्यक्ष केदार देवकोटा, उपाध्यक्ष जीवन काफ्ले, कोषाध्यक्ष रेणुका केसी सिफारिस भएका छन् । त्यस्तै सदस्यहरुमा ललित मल्ल, गौतम पोखरेल, तेजप्रसाद, विवेक घिमिरे, कृष्णवहादुर केसीको नाम पठाइएको छ ।

थप दुई सदस्य संगठनमा माओवादी पक्षबाट आएका नेताहरुलाई पठाइने गौतमले बताए ।

आधिकारिक ट्रेड युनियनको चुनावमा संगठनहरुबीच प्रतिस्पर्धा भएर सबैभन्दा बढी मत पाउने ठूलो संगठनले अध्यक्ष,उपाध्यक्ष,कोषाध्यक्षसहित बहुमत सदस्य पाएको थियो ।
सोही संगठनले पुन्य ढकाल अध्यक्ष,भोलनाथ पोखरेल उपाध्यक्ष,सिन्धु पाण्डे कोषाध्यक्षसहित ८ सदस्य सिफारिस गरेको थियो ।

संगठनले निर्णय गरेर अब पूरानो टिमलाई फिर्ता गरेर नयाँ टिम पठाएको गौतमले बताए ।
तर नेकपा एसमा आबद्ध कर्मचारीहरुले सो निर्णयलाई चुनौति दिएका छन् । आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलनाथसहित संगठनका चार पूर्व अध्यक्षहरु विश्वनाथ प्याकुरेल,मोहनवहादुर केसी,सिताराम नेपाल र मोहन घिमिरेले वक्तव्य जारी गरेर भेला र बैठक एकपक्षीय भएको भन्दै विभाजनको चेतावनी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर