प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सम्झौता गर्ने कांग्रेस र माओवादी, गाली खाने केपी ओली ? (भिडिओ) – Nepal Press

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सम्झौता गर्ने कांग्रेस र माओवादी, गाली खाने केपी ओली ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलेले प्रचण्ड र माधवकुमार नेपालहरुले एमसीसीलाई बिगतमा केपी ओलीविरुद्ध दाउपेचको विषय बनाएको भन्दै अब सरकारले एमालेको सहयोगबिना पनि पारित गर्न सक्ने बताएका छन् ।

टोखाको नयाँ किरण समूह (न्हुँजःखलः)ले काठमाडौंमा आयोजना गरेको ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठिमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकार सँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिए ।

विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी अघि बढाउन खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै एमसीसी गलत भए किन सम्झौता गरेको भन्ने प्रश्न समेत गरे ।

ज्ञवालीले एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने बेला शेरवहादुर देउवा नै प्रधानमन्त्री रहेको र त्यो सरकारलाई अहिलेजस्तै माओवादीको बलियो समर्थन रहेको भन्दै बेठिक भए त्यसको जिम्मेवारी पनि देउवा र प्रचण्डले नै लिनुपर्ने बताए ।

ज्ञवालीले एमसीसीबारे यसो भने :

त्यो सरकारको प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णवहादुर महरा,हस्ताक्षर गर्ने त्यो बेलाका अर्थंमन्त्री ज्ञानेन्द्रवहादुर कार्की अहिले कानूनमन्त्री हुनुहुन्छ । त्यो सरकारका गृहमन्त्री जनार्दन शर्मा अहिले अर्थमन्त्री हुनुहुन्छ ।

उहाँहरुले गरेको त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडी बढाऔँ भनेकै हो । अघिल्लो सरकारले गरेको भएपनि यसलाई अगाडी बढाऔं भन्दा आगो बाल्नु भो उहाँहरुले । सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली । सम्झौता गर्ने उहाँहरु गाली खाने हामी त्यतिबेलाका सरकारमा रहेका मान्छेहरु । यदी त्यो गलत थियो भने सम्झौता किन गर्नुभो तपाईहरुले ?

यदी सहि थियो भने त्यसलाई पास हुनबाट रोक्नु भो किन तपाईहरुले ? अनि आज प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ । आज उहाँहरुसँग १६५ जनाको संख्या छ उहाँहरुले अगाडी बढाउने हो भने अगाडी बढाए हुन्छ । जे भन्नुपर्ला प्रस्ताव आइसकेपछि त्यति नै बेला हामिले आफ्नो पोजिसनहरु क्लियर गरौँला ।’

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको भन्दै सीमा समस्या नै नभएको चिनसँग भने सिमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको आरोप लगाए ।

ज्ञवालीले भने : ‘जहाँ समस्या छ, त्यहाँ समाधान नखोज्ने । त्यहाँ पहल नगर्ने । जहाँ समस्या छैन त्यहाँ एकतर्फी ढंगले हल्लाखल्ला गरेर सिमा मिचिएको पहिल्यै निष्कर्ष निकालेर, पहिलै निष्कर्ष निकालीसक्नु भो उहाँहरुले । यो नियमित अनुगमन त होईन । पहिलै मिचिएको निष्कर्ष निकालेर जे गर्नुभएको छ यो वर्तमान सरकारले दुई देशबीचको सम्बन्धलाई अनावश्यक चिसोपन निम्त्याउने काम गरेको छ ।’

न्हुँज खलःका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सिमाविद बुद्धिनारायण श्रेष्ठले समेत सरकार नभएका सीमा समस्या बल्झाउन उद्यत रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर