नेकपा एस गुल्मीको इन्चार्जमा थापा र अध्यक्षमा महत – Nepal Press

नेकपा एस गुल्मीको इन्चार्जमा थापा र अध्यक्षमा महत

रूपन्देही । नेकपा एकीकृत समाजवादीले गुल्मीको इन्चार्जमा हिमाल थापा र अध्यक्षमा श्रीराम महतलाई जिम्मेवारी दिएको छ । अध्यक्ष महतले समाजवादीलाई नै सच्चा एमाले बनाउने दाबी गरेका छन् ।

उनी नेकपा एमालेमा रहँदा अनेरास्ववियूको जिल्ला अध्यक्ष थिए । गुल्मीबाट एमाले सचिवद्वय प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्ट एक ठाउँमा रहेपछि जिल्लाबाट कुनै पनि जनप्रतिनिधि समाजवादीमा लागेका छैनन् ।

माथिल्लो तहबाट एमाले छाड्ने नेतृ रामकुमारी झाँक्रीमात्र रहेकी छन् । एमाले गुल्मीले झाँक्रीको माइतीमात्र गुल्मी रहेकोले यहाँ कुनै प्रभाव नपर्ने दाबी गरेको छ ।

भदौ ३० गते आयोजित बृहत कार्यकर्ता भेलामा नेताहरू प्रदीप ज्ञवाली तथा गोकर्ण विष्टले जिल्लाबाट पार्टी विभाजन गरी जानेहरू शून्य रहने दाबी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर