लिड्स र न्युक्यासलले बराबरी खेले – Nepal Press

लिड्स र न्युक्यासलले बराबरी खेले

काठमाडौं । एलान सेन्ट-म्याक्सिमिनको बराबरी गोल मद्दतमा न्युक्यासल युनाइटेड इङ्लिस प्रिमियर लिगमा शुक्रबार राति लिड्स युनाइटेडसँग पराजित हुनबाट जोगिएको छ । घरेलु मैदानमा सेन्ट जेम्स पार्कमा भएको खेलको १३औं मिनेटमा खाएको गोलसँगै न्युक्यासल ०-१ ले पछि परेको थियो ।

प्याट्रिक ब्याम्फोर्डको पासमा राफिन्हाले गोल गर्दै भ्रमणकारी लिड्सलाई अग्रता दिलाएका थिए । बराबरी गोलका लागि संघर्षरत न्युक्यासल पहिलो हाफको अन्त्यमा गोल गर्न सफल भएको थियो ।

पहिलो हाफको खेल सकिन १ मिनेट बाँकी रहँदा जोलिन्टोनको पासमा म्याक्सिमिनले न्युक्यासलका लागि बराबरी गोल फर्काएका थिए । दोस्रो हाफमा दुवै टोली गोल गर्न असफल रहँदा खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

बराबरीसँगे ५ खेलबाट २ अंक जोडेको न्युक्यासल अंक तालिकाको १८ तथा समान खेलबाठ ३ अंक जोडेको लिड्स १६औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *