कानूनमन्त्री भन्छन्: एमसीसी आवश्यक छ, यसमा राजनीति नगरौं (भिडियो) – Nepal Press

कानूनमन्त्री भन्छन्: एमसीसी आवश्यक छ, यसमा राजनीति नगरौं (भिडियो)

सुनसरी । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको बिकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको भन्दै यसमा राजनीति नगर्न आग्रह गरेका छन् ।

शुक्रबार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको बिकास र समृद्धिका लागी आवश्यक रहेको बताए ।

दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भएपनि संसदबाट पास गराउनुपर्ने मन्त्रीका कार्कीको भनाइ छ । उनले एमसीसी बिकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्नु नहुने बताए ।

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने बताए । उनले संसद भित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै केहि दिनभित्रै राजनीतिक निकास निस्कने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर