सुदूर पश्चिममा नेकपा एसका दुई मन्त्री थपिँदै, ओली पक्ष छोड्नेलाई राज्य मन्त्री – Nepal Press

सुदूर पश्चिममा नेकपा एसका दुई मन्त्री थपिँदै, ओली पक्ष छोड्नेलाई राज्य मन्त्री

धनगढी । सुदूर पश्चिम प्रदेश सरकार नेकपा एकीकृत समाजबादीका तर्फबाट दुई मन्त्री थप हुने भएका छन् । अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गर्ने तयारी भएको छ ।

शुक्रबार साझ ६: ३० बजे सपथ ग्रहण गराउने तयारी भएको प्रदेश सरकारका एक मन्त्रीले बताए । भदौ २२ मा प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि दुई पद खाली रहेको थियो ।

तारालामा तामाङ पुर्व प्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यसअघि नेकपामा विवाद हुदा ओली पक्षमा थिइन् । तामाङ प्रमुख सचेतक रहेकै वेला शाहले उनलाई उक्त जिम्मेवारी बाट हटाएका थिए । अहिले तीनै शाहको स्थानमा तामाङ मन्त्री बन्न लागेका हुन् ।

नेकपामा विवादमा हुँदा पनि ओली पक्षमा उभिएकी समानुपातिक प्रदेश सभा सदस्य तामाङले मुख्य मन्त्रीलाई विश्वासको मत दिने बेला पनि विपक्षमा मतदान गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर