खेल सुरु हुनुअघि सुरक्षाको कारण देखाउँदै न्युजिल्याण्डद्वारा पाकिस्तान टुर परित्याग – Nepal Press

खेल सुरु हुनुअघि सुरक्षाको कारण देखाउँदै न्युजिल्याण्डद्वारा पाकिस्तान टुर परित्याग

काठमाडौं । न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तानसँगको एकदिवसीय सिरिज एकपक्षीय रूपमा रद्द गरेको छ । पहिलो एकदिवसीय म्याच सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्रै सिरिज रद्दको घोषणा भएको थियो ।

पाकिस्तानको पान्डी क्लब क्रिकेट मैदानमा हुन लागेको खेलका लागि सबै तयारी अवस्थामा थिए । तर, दर्शकलाई भने मैदान प्रवेश गर्न दिइएको थिएन । खेलाडीहरू मैदानमा निस्किने प्रतिक्षा भइरहेका भेला न्युजिल्याण्डको निर्णय सार्वजनिक भएका थियो ।

न्युजिल्यान्ड क्रिकेट बोर्डले वक्तव्य जारी गर्दै भनेको छ, ‘मैदानमा रहेका न्युजिल्याण्डका सुरुक्षा सल्लाहकारहरुको सल्लाहमा भ्रमण जारी नराख्ने निर्णय लिएका छौैं ।’

‘हामीलाई थाहा छ, यो पाकिस्तान क्रिकेट बोर्डको लागि ठूलो झड्का हुनेछ । तर, खेलाडीको सुरक्षा मुख्य कुरा हो । र, हामी विश्वस्त छौं, यो मात्रै जिम्मेवार विकल्प हो,’ न्युजिल्यान्ड क्रिकेट बोर्डका कार्यकारी प्रमुख डेभिड ह्वाइटले वक्तव्यमा भनेका छन् ।

पाकिस्तान क्रिकेट बार्डले न्युजिल्याण्डको एकपक्षिय निर्णयमा दुख व्यक्त गरेको छ ।

बोर्डले भनेको छ, ‘आज बिहानै न्युजिल्याण्ड क्रिकेट बोर्डले उनीहरुलाई सुरक्षाको लागि सचेत गराइएको भन्दै जानकारी दिएर यो सिरिज स्थगित गर्ने एकपक्षीय निर्णय लिएको छ । न्युजिल्यान्ड क्रिकेट बार्डलाई प्रतिवद्धताअनुसार नै पीसीबी र पाकिस्तान सरकारले भ्रमणमा आएका टोलीलाई कडा सुरक्षा व्यावस्था गरेको थियो । यहाँ बसुञ्जेल न्युजिल्यान्ड टोलीका सुरक्षा अधिकारीहरु पाकिस्तान सरकारले गरेको सुरक्षा व्यवस्थाबाट सन्तुष्ट थिए ।’

न्यूजिल्याण्ड तीन एकदिवसीय र पाँच टि–२० खेलहरु खेल्न पाकिस्तान पुगेको थियो । भ्रमण रद्द भएपछि न्युजिल्याण्ड टोली हाल पाकिस्तान छोड्ने तयारीमा छ । यो न्युजिल्याण्ड टोलीले १८ वर्ष पछि गरेको पाकिस्तान भ्रमण थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *