प्रदेश २ः लोसपामा दलको नेता बन्न सांसदहरुको दौडधुप, सहजीकरणका लागि विधान बनाइयो – Nepal Press

प्रदेश २ः लोसपामा दलको नेता बन्न सांसदहरुको दौडधुप, सहजीकरणका लागि विधान बनाइयो

जनकपुरधाम । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ ले संसदीय दलको विधान तयार पारेको छ ।
सांसदहरुबाट लोकतान्त्रिक विधिबाट दलका नेता चयन गर्नुपर्ने आवाज उठेपछि विधान तयार पारिएको हो । सांसद प्रमेश्वर साहले संसदीय दलको विधान तयार भइसकेको बताए । उनका अनुसार विधानको अनुमोदन असोज ४ गतेपछि मात्र हुनेछ ।

तत्कालीन राजपाले संसदीय दलको विधान बनाएको थिएन । त्यतिबेला नेताको आदेशमा सांसद जितेन्द्र सोनललाई दलका नेता चयन गरिएको थियो । अहिले दलका नेताको आकांक्षी बढेपछि विधान बनाउनु परेको एक सांसदले सुनाए ।

संसदीय दलका नेता बन्नका लागि सांसदहरु जीतेन्द्र सोनल, उपेन्द्र महतो र बाबुलाल साहले दौडधुप बढाएका छन् ।

उपेन्द्र महतो लोसपाका वरिष्ट नेता राजेन्द्र महतोका भतिज हुन् । सोनल र बाबुलाल महन्थ पक्षका छन् । बाबुलाल दलका नेता बन्नकै लागि लबिङ गर्न काठमाडौं पुगेको स्रोतले जनायो ।

प्रदेश २ मा लोसपा १६ सांसद रोजेका छन् । सभामुख सरोजकुमार यादवले आन्तरिक रुपमा लोसपा रोजेपनि सनाखत गरेनन् । उनी तत्कालीन राजपाबाट निर्वाचित सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर