प्रतिबन्ध फुकुवापछि विप्लवको पहिलो केन्द्रीय समिति बैठक – Nepal Press

प्रतिबन्ध फुकुवापछि विप्लवको पहिलो केन्द्रीय समिति बैठक

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक शुरू भएको छ । शुक्रबार बिहानदेखि तनहुँको बन्दीपुरमा जारी बैठक प्रतिबन्ध फुकुवापछिको पहिलो केन्द्रीय बैठक हो ।

पाँच दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपाल प्रेसलाई जानकारी दिए । फेरिएको परिस्थितिमा बैठकले नयाँ राजनीतिक लाइन तय गर्ने पनि उनले बताए ।

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति ६८ सदस्यीय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर