सेञ्चुरी बैंकको मोबाइल एपबाट अब रेमिट सेवा – Nepal Press

सेञ्चुरी बैंकको मोबाइल एपबाट अब रेमिट सेवा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाईल बैंकिङ एप सेञ्चुरी पेबाट अनलाइन आन्तरिक रेमिटान्स सेवा शुरू गरेको छ ।

यस अन्तर्गत सेञ्चुरी रेमिट लाई एपमा थपिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरूले आन्तरिक विप्रेषण सोझै मोबाइल बैकिङ एपबाट पठाउन सक्नेछन् । सोझै नगद झिक्न वा खातामा जम्मा गर्ने विकल्पम्ये एक रोज्न सकिनेछ ।

यो सुविधाअन्तर्गत ग्राहकहरूले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरू र ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्टमार्फत रेमिटान्स रकम संकलन गर्न सक्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *