एमालेविरुद्ध ५ दलीय गठबन्धन चुनावसम्मै लैजान्छौं : माधव नेपाल – Nepal Press

एमालेविरुद्ध ५ दलीय गठबन्धन चुनावसम्मै लैजान्छौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा सत्तारुढ ५ दलीय गठबन्धन मिलेर एमालेविरुद्ध जाने बताएका छन् ।

केन्द्रीय कार्यालय उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले तत्काल अरु पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताए । एमाले दक्षिणपन्थी भासमा डुबेकाले त्यो पार्टीसँग भने गठबन्धन नहुने समेत नेपालले बताए । नेपालले पाँच दलीय गठबन्धन तोड्न अनेक प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिइने बताए ।

अध्यक्ष नेपालले भने, ‘हामी चुनावअघि अरु पार्टीसँग एकीकरण गर्दैनौं । यो पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन्छौं । आउने चुनावमा पनि हामी मिलेर लड्छौं । यो गठबन्धन चुनावसम्म लैजान्छौं ।’

नेपालले एमसीसीको निम्ति सीमा नाघेर केपी ओलीको सरकारले काम गरेकाले अहिले प्रश्न सोधेर पठाइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर