राजन भट्टराईको आरोप– देउवा सरकार इतिहासकै निकम्मा – Nepal Press

राजन भट्टराईको आरोप– देउवा सरकार इतिहासकै निकम्मा

काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘इतिहासकै निकम्मा’ भनेका छन् ।

विगतमा पनि यति निकम्मा सरकार नभएको र भविष्यमा पनि नहुने भन्दै उनले देउवा सरकारलाई जनता र राष्ट्रप्रति अहिलेसम्मकै अनुत्तरदायी सरकारको आरोप लगाएका छन् ।

देशमा महामारी, विपत्ति र विदेशी चलखेल बढ्दा पनि सरकारले केही गर्न नसकेको उनको भनाइ छ ।

‘मुलुक महामारीबाट ग्रस्त छ, प्राकृतिक विपत्तिबाट जनधनको क्षति भइरहेको छ, आन्तरिक मामलामा विदेशि दखल बढ्दो छ’, उनी भन्छन्, ‘तर अदालतको परमादेशबाट बनेको सरकार यी कुनै विषयप्रति गम्भीर छैन । सायद यो खालको निकम्मा, जनता र राष्ट्रप्रति यति अनुत्तरदायी सरकार विगतमा पनि थिएन, भविष्यमा पनि हुने छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर