आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै – Nepal Press

आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

काठमाडौं । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ ।

हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ यो पर्व मनाइन्छ । आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा भइ दर्शनार्थी पूर्जा आरधना गर्दछन् ।

विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ ।

वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

प्रतिक्रिया

One thought on “आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *