डान्स च्याम्पियन रियालिटी सो कात्तिक ११ गतेदेखि सुरु हुने, निर्णायकमा निरुता सिंह – Nepal Press

डान्स च्याम्पियन रियालिटी सो कात्तिक ११ गतेदेखि सुरु हुने, निर्णायकमा निरुता सिंह

काठमाडौं । आगामी कार्तिक ११ गते बिहिवारदेखि मुलुकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने आयोजना हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रालिले ‘रियालिटी डान्स च्याम्पियन शो’ शुरु गर्न लागेको हो ।

काठमाडौंको द एभरेष्ट होटलमा बिहिबार भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनबीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । कार्यक्रममा कि एडभर्टाइजिङ सर्भिस प्रालिका अध्यक्ष रविन्द्रकुमार रिजालले उक्त शोमा १६ वर्ष भन्दा माथि र ४५ वर्षभन्दा मुनिका प्रतिस्पर्धीलाई भाग लिन दिइने जानकारी दिए ।

दशैँपछि रियालिटी शोे शुरु हुने जानकारी उनले दिए । कान्तिपुर टेलिभिजनबाट सो प्रशारण हुने भएको छ ।

उनले भने, ‘यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइनेछ, यो सबैका लागि हो तर पनि यो उमेर समूहका प्रतिष्पर्धीहरुलाई प्राथमिकतामा राखिएको छ, अहिले कान्तिपुर टेलिभिजन र कि एडभर्टाइजिङ सर्भिस प्रालिबीच सम्झौत भएको हो, हामी डान्स शो दशैँपछि शुरु गर्छौं ।’

उक्त सो प्रत्येक बिहिवार र शुक्रबार गरी हप्ताको दुई दिन बेलुकी ९ः०० बजे प्रशारण हुनेछ । डान्स च्याम्पियनका निर्णायकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहेका छन् । त्यस्तै कार्यक्रम प्रस्तोताको रुपमा उमेश राई (फुलन्देकी आमा) रहनेछन् । ३२ भागको यो कार्यक्रम आयोजनालाई २५ लाख खर्च हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *