मोडर्ना र फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति, मार्चमा ४० लाख डोज मोडर्ना ल्याइने – Nepal Press

मोडर्ना र फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति, मार्चमा ४० लाख डोज मोडर्ना ल्याइने

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धका मोडर्ना र फाइजर खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ। गत बुधबार विभागले यस्तो अनुमति दिएको हो ।

१८ वर्षमुनिका बालबालिकाका लागि यी दुईवटा खोप लगाउने योजना सरकारको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यी दुई खोप खरिदका लागि सम्झौता भइसकेको जनाएका छन् ।

सन् २०२२ को जनवरीमा ६० लाख डोज फाइजर र मार्चसम्ममा ४० लाख डोज मोडर्ना खोप नेपाल ल्याउने स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले जनाएको छ। सरकारले फाइजर ६० लाख र ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरेको छ ।

फाइजर खोपलाई माइनस ६० देखि ८० (अल्ट्रा कोल्ड चेन) डिग्री तापक्रम र मोडर्नालाई माइनस १५ देखि २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर