सांकेतिकरुपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश, अझै के-के गर्न पाइनेछैन ? – Nepal Press

सांकेतिकरुपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश, अझै के-के गर्न पाइनेछैन ?

सभाजुलुस, भोज, महोत्सव गर्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले सांकेतिकरुपमा मात्र चाडपर्व मनाउन आदेश जारी गरेको छ । आज बसेको काठमाडौं उपत्यकका तीन सीडीओको बैठकले निषेधाज्ञालाई थप खुकुलो तुल्याएका छन् ।

असोज १ गतेदेखि अर्को आदेश नभएसम्म सर्तसहित विभिन्न क्षेत्रहरुलाई खुलाउने निर्णय बैठकले गरेको छ । जसअनुसार असोज १ गतेदेखि डीसीसीएमसीसँग समन्वय गरेर स्कुलहरु खुलाउन पाइने भएको छ ।

स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरुपमा मात्र मनाउने निर्णय पनि भएको आदेशमा उल्लेख छ ।

कोभिड संक्रमण कायमै रहेकाले अनावश्यक रुपमा घरबाहिर निस्कने, भीड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर नगर्ने र नगराउने आदेश पनि जारी भएको छ ।

विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह चालक, क्यान्टिन संचालक र पदाधिकारीले अनिवार्यरुपमा खोप लगाउनुपर्ने आदेश पनि जारी भएको छ ।

हेर्नूस आदेश :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर