सङ्खुवासभा हत्या काण्ड : लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा – Nepal Press

सङ्खुवासभा हत्या काण्ड : लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा

सङ्खुवासभा । मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।

हत्या गरिएकी लोकबहादुरकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा नरेशको साथबाट बरामद गरेकाले उनलाई अनुसन्धानको दायरामा ल्याइएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

उक्त हत्याकाण्डमा लोकबहादुरलाई सहयोग गरेको आशङ्कामा नरेशमाथि समेत छानबिन थालिएको उनले बताए । घटनाको अनुसन्धान गर्न १० प्रहरी घटनास्थलमा तैनाथ गरिएको छ ।

यही भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

उनीहरुको हत्या आफुले गरेको लोकबहादुरले प्रहरी समक्ष स्वीकारेका छन् । उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

हत्यापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक रुगम कुँवर, सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल र सङ्खुवासभाका उपरीक्षक लालध्वज सुवेदीसहितको टोली घटनास्थलको पुगेको थियो ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर