आफूविरुद्ध अमेरिका, बेलायत र अष्ट्रेलियाले गठबन्धन गराएपछि चीन आक्रोशित – Nepal Press

आफूविरुद्ध अमेरिका, बेलायत र अष्ट्रेलियाले गठबन्धन गराएपछि चीन आक्रोशित

भन्यो : तेस्रो मुलुकविरुद्ध गठबन्धन बनाउने अधिकार छैन

बेइजिङ । इन्डो-प्यासिफिक क्षेत्रमा चिनियाँ प्रभावलाई रोक्न अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको प्रतिरक्षा सम्झौतालाई लिएर बेइजिङ आक्रोशित भएको छ ।

अकुस नामक गठबन्धन समेत घोषणा गरेका ती तीन मुलुकले अष्ट्रेलियालाई आणविक पनडुब्बी निर्माण गर्न सघाउने सम्झौतामा हस्ताक्षर समेत गरेका छन् ।

हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ प्रभाव विस्तारलाई रोक्न अमेरिका, बेलायत र अष्ट्रेलिया एक ठाउँमा आएको आशंका गरिएको छ किनभने चीनसँग यी तीन मुलुकको सम्बन्ध अहिले इतिहासकै न्यून विन्दूमा गुज्रिएको छ ।

तर, ती तीन मुलुकले आफूहरुको सम्झौता कुनैपनि मुलुकविरुद्ध लक्षित नभएको दावी गरेका छन् । यद्यपी, उनीहरुको यो सम्झौता चीनलाई रोक्ने उद्देश्यले आएको बुझ्न कठिन छैन ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले ती तीन मुलुकले हिन्द प्रशान्त सागरको शान्ति तथा स्थायित्वलाई निकै खराब ढंगले ध्वस्त पारेको, हतियार दौडलाई बढावा दिएको र विश्वलाई निशष्त्रीकरण गर्ने अभियानमा असर पारेको आरोप लगाए ।

बिहीबार बेइजिङमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लिजानले भने, ‘तेस्रो मुलुकलाई लक्षित गरेर कसैले पनि साझेदारी गर्नुहुन्न । विकसित घटनाक्रमलाई चीनले नजिकबाट नियालिरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर